एजेन्सी । स्पेनिस क्लब मल्लोर्काले जापानका युवा खेलाडी ताकेफुसा कुबोलाई लोनमा अनुबन्ध गरेको छ ।
जापानिज मेस्सीको नाममा परिचित कुबोलाई मल्लोर्काले रियल मड्रिडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
ला लिगा क्लब मल्लोर्काले सामाजिक संजाल ट्वीटरबाट कुबोलाई लोनमा अनुबन्ध गरेको जनाएको छ ।
कुबोले यस अघि २०१९/२० को सिजन पनि मल्लोर्काबाट लोनमा खेलेका थिए । त्यस सिजन उनले ३५ खेलमा ४ गोल गरेका थिए ।
स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट २०१९ मा मड्रिड आएका थिए ।
तर, उनले लगातार अन्य क्लबबाट लोनमा खेलिरहेका छन् । गत सिजन उनले भिल्ला रियल र गेटाफेबाट खेलेका थिए ।
२० वर्षीय कुबोले जापानका लागि ११ खेल खेलिसकेका छन् ।
