• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आर्सनल नेपालले मनायो ‘आर्सनल नेपाल डे’
खेलपाटी संवाददाता
बुधबार, साउन २७, २०७८ खेलपाटी संवाददाता
आर्सनल नेपालले मनायो ‘आर्सनल नेपाल डे’

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग क्लब आर्सनलको आधिकारिक समर्थक समूह  ‘आर्सनल नेपाल’ को १२ वर्ष पूरा भएको छ।

१२ औं वार्षिकोत्सवको अवसरमा  आर्सनल नेपालले ‘आर्सनल नेपाल डे’ कार्यक्रम आयोजना गरी बुधबार वार्षिकोत्सव मनाएको छ।

कार्निभल रेस्ट्रो एण्ड मिटिङ्समा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी तथा नेपाल पुलिस क्लबका डिफेन्डर रविन श्रेष्ठको उपस्थितिमा आर्सनल नेपालले ‘आर्सनल नेपाल डे’ मनाएको हो । कार्यक्रममा आर्सनल नेपालका सबै कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष निरोज खतिवडाले आर्सनल नेपालका वार्षिक गतिविधिका बारेमा बताउँदै आर्सनलका नेपालमा रहेका समर्थकहरुका लागि ‘१२ वर्षको साथ’ को महत्वमाथि पनि प्रकाश पारेका थिए।

कार्यक्रममा बोल्दै आसर्नल नेपालका अध्यक्ष नवीन चित्रकारले यस वर्षको आधिकारिक सदस्यता कार्यक्रम, वार्षिक रुपमा आयोजना हुने फुटसल प्रतियोगिता तथा सम्बन्ध विस्तारका लागि गरिँदै आएको पोखरा भ्रमणका बारेमा बताए।

यस्तै, उनले आर्सनल नेपालको सुदृढ पुरुष फुटबल टिम निर्माण तथा महिला फुटसल टिम विकास गर्ने योजनाका बारेमा पनि विस्तारमा चर्चा गरेका थिए।

No description available.

आर्सनल नेपालले २६ भदौमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय पनि गरेको छ। वार्षिक साधारण सभालाई ‘मेम्बर्स डे’का रुपमा मनाउने निर्णय गरेको आर्सनल नेपालले यस सिजनका लागि आधिकारिक सदस्यता आवेदन केही साता अघि नै खुला गरिसकेको छ। आधिकारिक सदस्यताका लागि आवेदन दिने अन्तिम म्याद भदौ १५ सम्म रहेको उपाध्यक्ष खतिवडाले जानकारी दिए।

यस वर्षको आधिकारिक सदस्यले सदस्य परिचय पत्र, एक्स्क्लुसिभ टिसर्ट र आर्सनल नेपालको पोलो क्याप प्राप्त गर्नेछन्। यसका साथै आर्सनल नेपालले आफ्ना आधिकारिक सदस्यहरुलाई इंग्ल्यान्ड टुरमा लैजाने योजना पनि बनाएको छ। लण्डनस्थित आर्सनल क्लबसँगको सहकार्यमा आधिकारिक सदस्यहरुलाई २०२३–२४ को सिजनका दौरान ‘इंग्ल्यान्ड भ्रमण’मा लाने योजना रहेको छ।

‘आर्सनल डे’का अवसरमा अध्यक्ष नवीन चित्रकारले महिला फुटसल टिमको विकासका लागि पूर्वअध्यक्ष सोभियत तुबाहाम्फेले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। पूर्वअध्यक्ष तुम्बाहाम्फेले आर्सनल नेपालको महिला फुटसल टिम ‘गुनरेट् फुटसल टिम’को वृत्तिविकासका लागि १५ हजार आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष निरोज खतिवडाले गत सिजनका फेन्टासी प्रिमियर लिग (एफपीएल) विजेता परिवेश चिलुवाललाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए। केही वर्ष यता आर्सनल नेपालले हरेक सिजन एफपीएल आयोजना गर्ने गरेको छ। पछिल्लो सिजनका विजेता चिलुवालले १५ हजार पुरस्कार जित्न सफल भए।

आर्सनल नेपाल लण्डनस्थित क्लबबाट मान्यता प्राप्त सपोर्टर्स क्लब हो। १२औं वार्षिकोत्सवका अवसरमा आर्सनल क्लबले पनि आर्सनललाई शुभकामना दिएको थियो। आर्सनलले पूर्व खेलाडी तथा आर्सेन वेङ्गरका सहायक प्रशिक्षक प्याट राइस, एमबीईमार्फत् आर्सनल नेपालको १२ वर्ष लामो साथका लागि बधाई तथा धन्यवाद दिएको हो।

No description available.

प्याट राइसले भर्चुअल माध्यमबाट आर्सनल नेपालका पदाधिकारीहरुसँग अन्तरक्रिया गर्दै शुभकामन आदानप्रदान गरेका थिए। आर्सनल नेपालका कोषाध्यक्ष इन्जल भट्टराईले समन्वय गरेको सो अन्तरक्रिया कार्यक्रम फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रममा फुटबल, प्रिमियर लिग र आर्सनलका विविध पक्षमा विमर्श गरिनुका साथै प्याट राइसले आर्सनल नेपालका सदस्यहरुको जिज्ञासाका पनि जवाफ दिएका दिए।

आर्सनल नेपाल नेपालको सबैभन्दा पूरानो समर्थक समूहमध्येमा पर्दछ। आर्सनलले आधिकारिकता प्रदान गरेको आर्सनल नेपाल ९ अगस्ट, २००९ मा स्थापना भएको थियो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP