पथरी शनिश्चरे नकआउट फुटबल असोजको तेस्रो साता
बिहिबार, १८ आश्विन २०७५खेलपाटी संवाददाता

काठमाडौं । प्रथम पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता असोज २२ गते बाट सुरु हुने भएको छ ।
८ दिनसम्म चल्ने प्रतियोगिता सुनाखरी खेल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सुनाखरी युवा क्लबले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सुनाखरी युवा क्लब मोरङ र लेटाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फाईनल खेल २९ गते सोमबार हुनेछ ।










-1765539955299.jpeg&w=3840&q=75)

