काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले स्ट्राइकर एडम आर्मस्ट्रोङलाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले च्याम्पियनसिप क्लब ब्लाकवर्न रोभर्सबाट स्ट्राइकर एडमलाई अनुबन्ध गरेको हो ।
इंग्लिस फरवार्ड एडमले साउथह्याम्पटनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
सम्झौता रकम भने गोप्य राखिएको छ ।
२४ वर्षीय एडमले गत सिजनको च्याम्पियनसिपमा २८ गोल गरेका थिए ।
जसको कारण साउथह्याम्पटनले उनीमाथि नजर लगाएको थियो ।
फरवार्ड ड्यानी इंग्सलाई एस्टन भिल्ला गएपछि उनको बिकल्पमा साउथह्याम्पटनले एडमलाई अनुबन्ध गरेको हो ।
एडमले इंग्ल्यान्डको उमेर समूहको टिमबाट खेलिसकेका छन् ।