काठमाडौं । पछिल्लो २० वर्षमा रियल मड्रिडका लागि खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी हुने क्रममा छन्, लुका मोड्रिच । सेप्टेम्बर ९ मा उनी ३६ वर्षका हुनेछन् ।
यी रियलका खेलाडीले अहिलेसम्म क्लबका लागि ३ सय ९१ खेल खेलिसकेका छन् । त्यसमा उनको २८ गोल छ । अनि त्यो भन्दा ठूलो उपलब्धी, उनले १६ उपाधि जितेका छन् ।
कार्लो एन्सेलोटीका लागि उनी निश्चित रूपमा नयाँ सिजनका लागि पहिलो रोजाईका खेलाडी हुन् । उनकै कारण मार्टिन ओडेगार्ड र डानी कबालोस जस्ता युवा खेलाडी वेञ्चमा हुनेछन् । उमेर जति सुकै भए पनि मोडरिचको जित्ने चाहना भने युवा खेलाडीको भन्दा कम छैन्, सके अझ बढी छ ।

अझ निश्चित जस्तै के छ भने सन् २०२२ को विश्वकपमा उनी कतारमा क्रोएसियाका लागि खेलिरहेका पनि हुनेछन् । रियलकै लागि कुरा गर्ने हो भने यति धेरै उमेरका खेलाडीले एक दशक बराबरको समयमा क्लबका लागि खेलेको विरलै मात्र उदाहरण छन् । सन् २०११ मा जेरी डुडेकले आफ्नो खेलाडी जीवनको अन्तिम सिजन दुई खेल खेले ।
उनी त्यति बेला ३८ वर्ष भन्दा केही बढीका थिए । आउटफिल्डका भेट्रान खेलाडीले अन्तिम पटक रियलका लागि खेलेको भने २० वर्ष अगाडि थियो, जति बेला मानोलो सान्चेजले क्लबका लागि मैदानमा उत्रेका थिए । त्यति बेला उनी ३६ वर्षकै थिए । त्यति बेला उनले नौ खेल मात्र खेले, पूरा सिजन । उनी पहिलो रोजाईका खेलाडी थिएनन् ।
तर यसपल्ट मोड्रिचको कुरा भने बेग्लै छ, उनले लगभग अबका पूरा सिजन खेल्नेछन् । त्यसमाथि उनी टिमकै सबैभन्दा महत्त्वपूर्ण खेलाडीमध्ये एक हुन् ।
अझ भनौं, प्रशिक्षक एन्सेलोटीको योजनाका प्रमुख पात्र हुन् । यस्तोमा उनलाई अर्कै ग्रहको खेलाडी नभनेर कहाँ सुख पाइन्छ र ?

–मार्काको सहयोगमा ।