काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले युवा फरवार्ड अर्मान्डो ब्रोजालाई अनुबन्धित गरेको छ ।
साउथह्याम्पटनले प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीबाट युवा फरवार्ड ब्रोजालाई अनुबन्ध गरेको हो ।
साउथह्याम्पटनले एक सिजनको लागि लोनमा ब्रोजालाई भित्र्याएको हो ।
१९ वर्षीय फरवार्डले गत सिजन पनि लोनमा भिट्सेबाट खेलेका थिए ।
गत सिजन डच क्लबका लागि ३० खेलमा १० गोल गरेका थिए ।
अल्बानियाका फरवार्ड २०२० बाट चेल्सीको सिनियर टिममा रहेका छन् ।
चेल्सीको सिनियर टोलीका लागि उनले एक खेल खेलेका छन् ।
अल्बानियाका लागि उनले ६ खेल खेलिसकेका छन् ।