काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले पूर्व कप्तान लियोनल मेस्सीको पोस्टर हटाईएको छ ।
बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा रहेको मेस्सीको पोस्टर हटाएको हो ।
३४ वर्षीय मेस्सीले क्लब छाडेसँगै बार्सिलोनाले उनको पोस्टर हटाएको हो ।
२१ वर्ष क्लबमा बिताएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
अब मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गर्ने तय भईसकेको छ ।
पीएसजीसँगको सम्झौताका लागि लियोनल मेस्सी फ्रान्सको पेरिस प्रस्थान गरिसकेका छन् ।

मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गर्ने छन् ।
६ पटकको बालोन डी ओर विजेता मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता मेस्सी टिमको महत्वपूर्ण सदस्य रहदै आएका थिए ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरे ।
मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जिते ।
यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।
