काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोन स्टोन्सले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्ल्यान्डका डिफेन्डर स्टोन्सले क्लबमा थप पाँच वर्ष बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
नयाँ सम्झौतासँगै स्टोन्स सन् २०२६ सम्म सिटीमा रहने छन् ।
२७ वर्षीय डिफेन्डर स्टोन्स २०१६ मा सिटी आएका थिए ।
सिटीको एकेडेमीमा हुर्किएका सेन्टर ब्याक स्टोन्स एभर्टनबाट सिटी आएका हुन् ।
स्टोन्सले सिटीका लागि १ सय ६८ खेल खेलिसकेका छन् ।
सिटीका लागि स्टोन्सले ३ प्रिमियर लिग, दुई लिग कप, एक एफए कप र दुई कम्युनिटी शिल्डको उपाधि जितेका छन् ।
'मलाई यो टोलीको हिस्सा हुन मन पर्छ । यहाँ धेरै राम्रा खेलाडीहरु छन् । मलाई थाहा छ हामी उपाधि जित्न सक्छौ । जहाँ मेरो फोकस हुनेछ,' सम्झौतापछि स्टोन्सले भएँ ।
इंग्ल्यान्डका लागि उनले ४९ खेलमा २ गोल गरिसकेका छन् ।
