काठमाडौं । प्रिमियर लिग क्लब ब्राइटनले जापानी मिडफिल्डर काउरु मिटोमालाई अनुबन्ध गरेको छ ।
ब्राइटनले मिटोमालाई जे लिग क्लब कावासाकी फ्रन्टेलबाट अनुबन्ध गरेको हो ।
२४ वर्षीय मिडफिल्डरले ब्राइटनसँग चार वर्षको सम्झौता गरेका छन् ।
तर, उनले २०२०/२१ को सिजन बेल्जियन क्लब रोयल युनियनबाट लोनमा खेल्ने छन् ।
मिटोमाले जापानी क्लबका लागि ६४ खेलमा ३० गोल गरेका छन् ।
कावासाकीले जापानिज सुपर कप जित्दा उनको प्रदर्शन उच्च रहेको थियो ।
मिटोमा टोकियो ओलम्पिक खेल्ने जापानिज टोलीमा समेत रहेका थिए ।
