काठमाडौं । लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको सुरुवाती खेलहरु गुमाउने भएका छन् ।
चोटको कारण रोबर्टसनले नयाँ सिजनको सुरुवाती खेलहरु गुमाउने भएका हुन् ।
लेफ्ट ब्याक रोबर्टसनले स्पेनिस क्लब एथ्लेटिक बिल्बाओसँगको मैत्रीपूर्ण खेलमा चोट बोकेका थिए । खेल दौरान उनको दाहिने खुट्टाको गोलीगाँठो (एंकल) मर्किएको थियो ।
उक्त खेलमा लिभरपुल स्पेनिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
:focal(1396x689:1398x687)/origin-imgresizer.eurosport.com/2021/08/08/3198740-65530068-2560-1440.jpg)
चोटकै कारण उनले ओसासुनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।
स्कटल्याण्डका कप्तान समेत रहेका रोबर्टसनले आफ्नो चोट सामान्य रहेको बताएका छन् । तर, चोटबाट मुक्त हुन केहि समय लाग्ने उनले बताएका छन् ।
लिभरपुलले नर्विच सिटीसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।
