काठमाडौं । उदयपुरको फ्रेन्ड्स क्लब कटारीले सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिता खेल्ने भएको छ ।
छनौट प्रतियोगिताका लागि फ्रेन्ड्स ग्रुपले अखिल नेपाल फुटबल संघ (एन्फा) मा टिम दर्ता गरेको छ ।
फ्रेन्ड्स 'सी' छनौट खेल्ने उदयपुरको पहिलो टिम रहेको क्लबले दाबी गरेको छ ।
'सी' डिभिजन लिग छनौट भदौमा आयोजना हुनेछ ।
एन्फाले 'सी' डिभिजन छनौट भदौ १० गतेबाट सुरु हुने जनाएको छ ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।