काठमाडौं । रुपन्देहीको बुद्धभूमि फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिता खेल्ने भएको छ ।
छनौट प्रतियोगिताका लागि बुद्धभूमिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा टिम दर्ता गरेको छ ।
एकेडेमीका अध्यक्ष मुकेश थापाले छनौट प्रतियोगिताका लागि टिमको तयारी भईरहेको जानकारी गराए ।
काठमाडौंको ढुकु फुटसलसँगको सहकार्यले टिमले छनौटको तयारी गरिरहेको एकेडेमीले जनाएको छ ।
एकेडेमीले टिमको संरक्षक र प्रायोजक सैनामैना नगरपालिका रुपन्देही रहेको जनाएको छ ।
२०७७ सालमा स्थापना भएको यस एकेडेमीले चाडै फुटबल एकेडेमी संचालन गर्ने योजना रहेको समेत जनाएको छ ।
एकेडेमीले यू-१६ का महिला र पुरुष खेलाडीलाई एकेडेमीमा राखिने जनाएको छ ।
'सी' डिभिजन लिग छनौट भदौमा आयोजना हुनेछ ।
एन्फाले 'सी' डिभिजन छनौट भदौ १० गतेबाट सुरु हुने जनाएको छ ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।