काठमाडौं । ला लिगा सानटेन्डर धेरै स्टार खेलाडीका लागि घर हुने गर्छ । तर, यही लिगका सबैभन्दा दुई ठूला नामले स्पेन छाडेका छन् र ती हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी ।
नेयमार र सर्जियो रामोसले पनि त यो लिग छाडेका छन् । ला लिगाका लागि यो ठूलै धक्का हो । तर, यो लिगमा अझै पनि प्रतिभाशाली खेलाडीको कुनै कमी छैन् ।
यदी मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) जान्छन् भने फ्रान्सेली क्लब नै चर्चाको केन्द्र हुन सक्नेछ । तर पनि ला लिगाको चमक कम हुने छैन्, किन त ? ला लिगा अझै किन उत्कृष्ट हुनेछ त ? यसका पाँच कारण ।
:no_upscale()/cdn.vox-cdn.com/uploads/chorus_image/image/69107169/1311837610.0.jpg)
१. समानता
प्राय: दुई टिम बार्सिलोना र रियल मड्रिडको मात्र उपाधि होड हुने गरेकोमा अब एटलेटिको मड्रिड पनि समान हैसियतले अगाडि आएको छ । त्यसैले त उसले पछिल्लो सिजन लिग जित्यो । अब सेभिया पनि कमको छैन् । यो हो, लिगमा बढेको समानता । अनि यसले लिगमा प्रतिस्पर्धा बढाउने छ नै ।
२. युवा प्रतिभा
यसपल्टको सिजन सबैको नजर हुनेछ, पेड्रीमा । उनी मात्र होइन्, अन्य धेरै टिममा उत्तिकै संख्यामा युवा प्रतिभाशाली खेलाडी रहेका छन् । पेड्री भने विशेष रहने छन् ।

३. आफूलाई सिद्ध गर्ने चुनौती
ला लिगामा एडन हजार्ड, गेराथ बेल, सर्जियो अग्युरो, एरिक लमेला जस्ता खेलाडी नभएको कहाँ हो र ? तर यी सबैलाई आफ्नो उपयोगिता सिद्ध गर्ने चुनौती हुनेछ । नाम मात्रैले खेल्न सकिन्न । उनीहरूले पक्कै मिहिनेतले खेल्नेछन् र लिगमा रौनकता थपिनेछ ।
४. ऐतिहासिक क्लबको पुर्नआगमन
यसपल्टको सिजन माथिल्लो डिभिजनमा रायो भालेकानो, रियल मार्लोका र इस्पायोल जस्ता ऐतिहासिक क्लब फर्केका छन् । तिनको इतिहास निकै लामो र गर्विलो छ । उनीहरूले अन्य पुराना नाम गेटाफे, लेभान्टे, इल्चे र काडिजसँग अस्तित्वका लागि संघर्ष गर्नेछन् । रोमाञ्चक हुनेछन्, यी क्लबको उपस्थिति ।
५. नयाँको आगमन
अबका सिजनका लागि अझै केही ठूला नाम ला लिगामा आउने छन् र ती हुन् डाविड अल्बा, राड्रिगो डे पउल, मेम्फिस डिपे, एरिक गार्सिया आदि आदि । उनीहरू आएपछि लिग रमाइलो हुन्छ नै ।

–मार्काको सहयोगमा ।