बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पाकिस्तानका अजिजले चितवनबाट ईपीएल खेल्ने

आइतबार, २४ श्रावण २०७८खेलपाटी संवाददाता
पाकिस्तानका अजिजले चितवनबाट ईपीएल खेल्ने
mustang rice ad

काठमाडौं ।  पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

अजिजले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् ।  चितवनले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरिएको जनाएको छ ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

चितवनको कप्तानी राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।

को हुन् अजिज ?

देब्रे हाते ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

२५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहसँग पनि तुलना गरिने गरिन्छ । अजिजकोस्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै रहेको छ । अजिजले युवराजलाई क्रिकेटमा आफ्नो प्रेरणाको रुपमा लिने गरेका छन्।

अजिजले नेसनल टी ट्वान्टी कपमा असाधरण प्रर्दशन देखाएका थिए, विशेष गरी म्याच फिनिसिबमा उनले विशेष इनिब्स खेलेका थिए । सिन्धबाट त्यो प्रतियोगितामा खेल्दै उनले ९ खेलमा २ सय २० रन बनाएका थिए, जसमा दुई अर्धशतक छन् । उनको औषत ७३.३३ र स्ट्राइक रेट १५४.९२ थियो ।

आफुलाई अलराउन्डर साबित गर्नेक्रममा उनले १९ को औषतमा ५ विकेट लिएका थिए । उनको इकोनोमी रेट ८.७६ रहेको थियो ।

उनले आफ्नो पावर हिटिब क्षमता २०२१ को पाकिस्तान सुपर लिग (पीसीएल) मा देखाएका थिए ।

कराची किंग्सबाट खेल्दै अजिजले क्वेटा ग्लाडिएटर्सविरुद्ध १३ बलमा ४५ रन बनाएका थिए । उनले सोक्रममा ज्याक वाल्डरमथलाई एकै ओभरमा ३२ रन प्रहार गरेका थिए । त्यसमा ४ छक्का र एक चौका समावेश थियो । १८ ओभरमा १३६–५ को अवस्थामा रहदा कराचीले उनको इनिङ्सपछि २० ओभरमा ६ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । सो खेलमा १४ रनको विजय हात पार्दै कराची  किंग्स प्लेअफमा पुगेको थियो ।

नेसनल टी २० कपमा उनले ४७ बलमा ७२ रन बनाएपछि सिन्धले खाइबर पाखुतन्खवामाथी अन्तिम बलमा विजय हात पारेको थियो । सिन्धलाई अन्तिम ३ बलमा १५ र अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा अजिजले इफ्तिखार अहमदको बलमा छक्का प्रहार गरी सनसनीपूर्ण विजय दिलाएका थिए ।

सिन्ध ३२–४ को अवस्थामा रहेको समयमा क्रिजमा आएका थिए र टोली थप पतन हुनेक्रममा ७ विकेट गुमाई ३४ रनको स्थितिमा पुगेको थियो । १ सय ३९ रनको विजय लक्ष्य लिएर आएको सिन्धबाट अजिजले अनवर अलीसँग ७७ रनको साझेदारी गरेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

Bajaj Pulsar Motorcycle Ad
दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो