एजेन्सी । पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद रिजवानले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।
२९ वर्षीय ब्याट्सम्यान रिजवानले एकै वर्षमा सर्वाधिक धेरै टी-ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । रिजवानले सन् २०२१ मा ७ सय ५२ रन जोड्दै कीर्तिमान बनाएका हुन् ।
घरेलु टिम वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा रिजवानले कीर्तिमान बनाएका हुन् । वेस्ट इन्डिजविरुद्ध रिजवान ४६ रन जोड्दा रन आउट भए ।
रिजवानले आयरल्याण्डका पाउल स्ट्रर्लिङको कीर्तिमान तोडेका हुन् । पाउलले २०१९ मा ७ सय ४८ रन जोड्दै कीर्तिमान बनाएका थिए ।
