आश्विन कि जडेजा ? कि अथवा दुवै ?
२०२१ जुलाई २७, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । भारतीय क्रिकेट टिम अहिले इंग्ल्यान्डमा छ र अबको केही दिनमा पाँच टेस्टको सिरिज सुरु हुनेछ । भारतीय टिमलाई एउटा प्रश्नमा भने दुविधा पक्कै हुनेछ, इंग्ल्यान्डविरुद्ध फिन्गर स्पिनरका रूपमा आर आविश्वनलाई उतार्ने कि रविन्द्र जडेजालाई ? त्यो भनेको यी दुई बलरमध्ये एकै जनाले मात्र अवसर पाउनेछ ।
विकल्प त अर्को पनि छ, भारतले यी दुवैलाई खेलाउन पनि सक्छ । खासमा यी दुवै खेलाडी भारतीय टिमका मबजुत खम्बा हुन् । भारतीय भूमिमा टेस्ट भइरहेको भए, यी प्रश्न नै आउन थिएनन् । सिधा सिधा भन्दा भारतले यी दुवै खेलाडीलाई खेलाउँथ्यो र प्रतिद्वन्द्वी उनीहरूको अगाडि सजिलै धरासायी हुन्थ्यो ।

सन् २०११ देखि उनीहरू सँगसँगै भारतीय टिममा छन् । तर यसपल्ट भारत इंग्लिस भूमिमा खेलिरहेको छ । इंग्लिस क्रिकेट स्थिति भारतको भन्दा निकै फरक छ । अनि एउटा निकै रमाइलो तथ्य के भन्दा आविश्व र जडेजा दुवैले भारतीय टिमबाट विदेशमा खालि सात टेस्ट मात्र सँगै खेलेका छन् । अविश्वनीय छैन र यो ?

फेरि यी दुई बलरलाई लिएर उठ्न गरेको सबैभन्दा ठूलो आरोप हो, उनीहरू भारतीय भूमिमा त गज्जब हुने गर्छन्, तर विदेशी भूमिमा फिक्का फिक्का हुने गर्छन् । त्यसैले भारतीय टिमले यसपल्ट इंग्ल्यान्डमा यी दुवै खेलाडीलाई सँगै खेलाउने सम्भावना कम छ । दुवैलाई खेलाउने क्रममा टिममा विकल्प कम हुने गर्छ ।
तर यहींनिर यी दुई खेलाडीको पक्षमा एउटा बलियो तथ्य पनि छ । र, यो हो, आश्विन र जडेजा दुवै अलराउन्डर हुन्, अर्थात उनीहरू बलिङ गर्न मात्र माहिर छैनन्, ब्याटिङमा पनि पोख्त छन् । विशेषत: तल्लोक्रममा उनीहरूले भारतीय टिमका लागि अधिकांस समय गतिलो योगदान दिएका छन् ।
जडेला तल्लो क्रममा निकै आक्रमक पनि देखिएका छन् । झन आश्विन त आफ्नो खेल जीवनको सुरुमा प्रारम्भिक ब्याट्सम्यान नै थिए । त्यसैले हुन सक्छ, भारतले यी दुवै खेलाडीलाई खेलाएर जोखिन पनि उठाउन सक्छ । खासमा आश्विन कि जडेजा ? कि अथवा दुवै ? भन्ने प्रश्न जति सजिलो देखिन्छ, यसको उत्तर उत्तिकै गाह्रो छ ।
–विजडेन क्रिकेटको सहयोगमा ।
जडेला तल्लो क्रममा निकै आक्रमक पनि देखिएका छन् । झन आश्विन त आफ्नो खेल जीवनको सुरुमा प्रारम्भिक ब्याट्सम्यान नै थिए । त्यसैले हुन सक्छ, भारतले यी दुवै खेलाडीलाई खेलाएर जोखिन पनि उठाउन सक्छ । खासमा आश्विन कि जडेजा ? कि अथवा दुवै ? भन्ने प्रश्न जति सजिलो देखिन्छ, यसको उत्तर उत्तिकै गाह्रो छ ।
–विजडेन क्रिकेटको सहयोगमा ।