एजेन्सी । इंग्लिस क्लब आर्सनलको अमेरिका भ्रमण रद्द भएको छ ।
अमेरिका भ्रमणमा जाने टोलीका सदस्यलाई कोरोना भाईरसको संक्रमण देखिएपछि आर्सनलले भ्रमण रद्द गरेको हो ।
प्रि-सिजन तयारीका लागि आर्सनलले अमेरिका भ्रमण गर्ने तालिका रहेको थियो ।
आर्सनलले भ्रमण दौरान फ्लोरिडा कप खेल तय थियो । फ्लोरिडा कपमा इन्टर मिलान, एभर्टन र मिलोनारिओसबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो ।
तर, कोरोनाको कारण आर्सनलको अमेरिका भ्रमण रोकिएको छ ।
आर्सनलले कोरोना संक्रमितको परिचय गोप्य राखेको छ ।
यस्तै संक्रमितलाई सेल्फ आईसोलेसनमा पठाईएको आर्सनलले बताएको छ ।