एजेन्सी । म्यानचेस्टर सिटी र फ्रेन्च क्लब ट्रोएसबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ ।
इंग्ल्यान्ड सरकारको नयाँ क्वारेन्टिन नियमको कारण सिटी र ट्रोएसबीचको खेल रद्द गरिएको हो ।
प्रि-सिजन तयारी अन्तर्गत सिटीले जुलाई ३१ ट्रोएससँग उसैको मैदानमा खेल्ने तालिका रहेको थियो ।
तर, फ्रान्सबाट फर्किएपछि अनिवार्य १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि सिटीले मैत्रीपूर्ण खेल रद्द गरेको हो ।
अब सिटीले जुलाई २७ मा च्याम्पियनसिप क्लब प्रिस्टनसँग खेल्नेछ । उक्त खेल बन्द रंगशालामा हुनेछ ।
सिटीले अगस्ट १५ मा टोटेनहमसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
त्यसअघि सिटीले अगस्ट ७ मा लेष्टर सिटीसँग कम्युनिटी शिल्डको उपाधिका लागि खेल्नेछ ।