एजेन्सी । भारतको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक मेमोल रकीले राजीनामा दिएकी छिन् ।
प्रशिक्षक रकीले बुधबार मुख्य प्रशिक्षकबाट राजीनामा दिएकी हुन् ।
अल इन्डिया फुटबल फेडेरेसनले प्रशिक्षक रकीले राजीनामा दिएको पुष्टि गरेको छ ।
प्रशिक्षक रकीले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बताईएको छ ।
रकीले भारतीय महिला टिमलाई साफ च्याम्पियन बनाएकी थिइन् ।
भारतले सन् २०१९ मा नेपालमा आयोजना भएको साफको उपाधि जित्दा रकी टिमका मुख्य प्रशिक्षक रहेकी थिइन् ।
यस्तै रकीको प्रशिक्षकमा भारतले नेपालमा आयोजना भएको १३ औं सागको महिला फुटबलमा स्वर्ण पदक जितेको थियो ।