एजेन्सी । ब्राजिलको महिला फुटबलर मार्टाले ओलम्पिक फुटबलमा कीर्तिमान बनाएकी छिन्।
मिडफिल्डर मार्टाले लगातार पाँच ओलम्पिकमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी हुन् ।
टोकियो ओलम्पिकको महिला फुटबल अन्तर्गत बुधबार चीनविरुद्धको खेलमा गोल गर्दै मार्टाले कीर्तिमान बनाएकी हुन् ।
मार्टाले सन् २००४ को ओलम्पिकबाट २०२० को ओलम्पिकसम्म गोल गरेकी हुन् ।
ब्राजिलले चीनविरुद्ध ५-० गोलको जित निकाल्दा मार्टाले दुई गोल गरिन् । यससँगै मार्टाको ओलम्पिकमा गोल संख्या १२ पुगेको छ ।
३५ वर्षिया मार्टाले ब्राजिलका लागि १ सय ६०खेलमा १ सय ११ गोल गरिसकेकी छन्।
यस्तै अर्का मिडफिल्डर फोर्मिगाले लगातार सातौं पटक ओलम्पिक खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएकी छिन् ।
४३ वर्षिया फोर्मिगा सन् १९९६ बाट ओलम्पिक खेल्दै आएकी छन् ।
उनी सबैभन्दा पाको उमेरमा ओलम्पिक खेल्ने खेलाडी समेत बनेकी छिन् ।