एजेन्सी । डिफेन्डर डेभिड अलबाले रियल मड्रिडमा ४ नम्बरको जर्सी लगाउने भएका छन् ।
रियलले बुधबार डिफेन्डर अलबालाई सार्वजनिक गर्दै उनलाई ४ नम्बरको जर्सी दिएको हो ।
यस अघि रियलमा ४ नम्बरको जर्सी सर्जियो रामोसले लगाउदै आएका थिए ।
तर, अग्युरो फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भईसकेका छन् ।
रियलले फ्री ट्रान्सफरमा अष्ट्रियाका डिफेन्डर अलबालाई अनुबन्ध गरेको थियो ।

अलबाको गत सिजनको अन्त्यसँगै बायर्न म्युनिखसँगको सम्झौता सकिएको थियो ।
२८ वर्षीय डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
अलबा सन् २०२६ सम्म रियलमा रहने छन् ।
अलबा सन् २००८ मा बायर्न आएका थिए ।
बायर्नमा १३ वर्ष बिताएका उनले ४ सय ३१ खेलमा ३३ गोल गरेका छन् ।
बायर्नबाट उनले १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग जितेका थिए ।
यस्तै ६ जर्मन कप जितेका छन् ।