एजेन्सी । स्पष्ट भइसकेको छ, रियल मड्रिडले अबको सिजनका लागि टिममा छाँटकाँट गर्दैछ । यो सजिलो काम पनि होइन ।
तर रियलका नयाँ प्रशिक्षक कार्लोस एन्सेलोटी धेरै ठूलो टिम बनाउन रूचाउने खालका होइनन । उनको सुरुआती टिममा खालि २३ खेलाडी हुने मात्र गर्छ । यो भन्दा बढी चाहिएमा उनी युवा खेलाडीलाई बोलाउन रूचाउँछन् ।
केहीले छाडिसकेको स्थितिमा पनि ‘लोस ब्लान्कोस’ मा पहिलो रोजाईका २८ सिनियर खेलाडी छन् । जति बाँकी छन्, ती क्लब छाड्ने मनसायमा छन् । खासमा यो स्टाडियो सान्टियागो बर्नाबाउमा देखिएको नाजुक स्थिति हो र यसलाई रियल बाहिरनेको ‘ट्राफिक जाम’ भन्दा केही फरक पर्दैन् ।
प्रशिक्षक एन्सेलोटीले क्लब छाडेर गए हुन्छ भन्ने मनसायमा परेका खेलाडीको एउटा सूची नै बनाउन सकिन्छ । त्यसमा सबैभन्दा अगाडि छन्, लुका जोभिच ।
उनको भित्री इच्छा हो, रियलमै रहने । अनि यसका लागि मिहिनेत पनि गर्ने । दुई वर्ष अगाडि सात करोड युरोमा रियल आएका यी खेलाडीमा एसी मिलानले केही रूचि पनि देखाएको छ ।

जोभिचलाई लिएर सबैभन्दा दु:खको समाचार हो, उनी चोटग्रस्त छन् । उनले भर्खर भर्खर चोट बोकेको हो । यसपछि आउँछ, सबैभन्दा ठूलो नाम, गेराथ बेल ।
उनको जत्तिको भविष्य अन्यौलतामा रहेको अरू कसैको छैन् होला । एन्सेलोटीले पनि बेललाई आफ्नो पहिलो रोजाईमा राखेका छैनन्, त्यसैले अब बेल आफैले के गर्नेछन्, त्यो महत्त्वपूर्ण हुन सक्छ ।
यस्तै एडेर मिलिटो, भिनिसियस र रोड्रिगो मात्र होइन, ताकेफुसा कुबोको भविष्यबारे पनि ठ्याक्कै भन्न सकिने स्थिति छैन् । इस्कोले पनि रियल छाड्ने तय जस्तै देखिन्छ । रियल उनको तबल घटाउन पनि लागि परेको छ । प्रि–सिजन अभ्यासमा उनले प्रशिक्षक एन्सेलोटीको मन जितेका छन्, त्यसैले के हुने हो, भन्न गाह्रो छ ।

यस्तै यस्तै स्थिति डानी सेबालोस, मारिनो डियाज र जेसस भालेजोको पनि छ । राफेल भरानेको भविष्य के हुने हो त ? यसको उत्तर सायद यी फ्रान्सेली खेलाडीसँग पनि छैन् ।
अन्त्यमा एडेन हेजार्डको कुरा । रियल चाहन्छ, यी बेल्जियमका खेलाडीलाई ठीक मूल्य पाए, बेच्ने नै । तर, उनलाई बेच्ने काम सजिलो पनि हुन्न, किनभने उनले बेहोरिरहेको चोटको समस्याबारे कसलाई थाहा छैन् र ?
–द मार्काबाट अनुवाद