जापानमा मुवाँथाईको सम्पर्क मञ्च
मंगलबार, साउन ५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल राष्ट्रिय मुवाथाई संघले थप दुई राष्ट्रमा सम्पर्क मञ्च विस्तार गरेको छ ।
साउन १ गते बसेको संघको बैठकले बेलायत र जापानमा सम्पर्क मञ्च विस्तार गर्ने निर्णय गरेको संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
सुरज कार्की र तेजबहादुर लामाको अध्यक्षतामा क्रमशः नेपाल–बेलायत र नेपाल–जापान मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको छ । दुवै पूर्व खेलाडी हुन् ।
यसअघि नेपाल–अस्ट्रेलिया तथा नेपाल–अमेरिका मुवाथाई सम्पर्क मञ्च गठन गरिएको थियो ।
अस्ट्रेलियामा प्रफुल श्रेष्ठ तथा अमेरिकामा मनीष थापालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।







-1724767749.jpeg&w=3840&q=75)

%20(1)-1761905198112.png&w=3840&q=75)





