• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘स्पेसल वान’ मोउरिन्हो अब रोममा
खेलपाटी संवाददाता
सोमबार, साउन ४, २०७८ खेलपाटी संवाददाता
‘स्पेसल वान’ मोउरिन्हो अब रोममा

इटाली । 

एस रोमाका मालिक हुन्, अमेरिकी डन फ्रेडकिन । उनी हलिउडमा सिनेमा पनि बनाउने गर्छन् । अझ उनी निर्देशक पनि हुन् । उनी नाटकीय पटकथा बनाउन माहिर छन् ।
 
महिना दिन भयो, उनले भर्खर यस्तै सनसनीपूर्ण कथा लेखेको । त्यो हो, क्लबको नयाँ प्रशिक्षकमा जोसे मोउरिन्होको नियुक्ति । यस्तो हुन्छ भनेर कसैले सोचेका थिए होलान् र ? पटक्कै थिएनन् । इटालीका पत्रकारहरूको अनुमान थियो, सायद प्रशिक्षक हुन रोममा माउरिसियो सारी आउनेछन् ।

अझ अनुमान सुरु भइसकेको थियो, सारीले को को खेलाडी मगाउने हुन् भनेर । अनि उनको रणनीतिक कस्तो हुनेछ भनेर । लगभग तय जस्तै थियो, सारी आउने । तर आए, मोउरिन्हो अब जुलाईमा नयाँ सिजन सुरु हुनेछ र यसक्रममा इटालीको फुटबलमा फेरि एकपल्ट ‘स्पेसल वान’ फर्कनेछ ।
 
 
यो पनि संयोग नै मान्नुपर्छ, मोउरिन्होको पुरानो इटालीको क्लब इन्टर मिलानले सिरी ‘ए’ जितेको दुई दिनमै यो घोषणा अगाडि आएको थियो ।

इन्टरले अन्तिम पटक उपाधि जित्दा उनी नै प्रशिक्षक थिए । त्यतिबेला इन्टरले लगातार दुईपल्ट लिग मात्र जितेको थिएन, एक सिजन लिग, कप र च्याम्पियनस लिग पनि जितेको थियो । त्यो सन् २००९–२०१० को ‘ट्रेबल’ उपलब्धिको वर्ष थियो ।
 
यसपल्ट तिनै मोउरिन्होलाई रोमा ल्याउन सबैभन्दा ठूलो भूमिका क्लबका स्पोर्टिङ डाइरेक्टर थिएगो पिन्टुले निभाएको मानिन्छ । टोटेनहमले बर्खास्त गरेलगत्तै उनी मोउरिन्होको सम्पर्कमा थिए ।

यसबारे फोन्सेकालाई थाहा थियो । उनले पनि मोउरिन्हो ल्याउन चुपचाप भूमिका खेले र मालिकलाई मनाए । क्लबका लागि यो ठूलै समाचार पनि थियो, किनभने युरोपा लिगमा रोमा नराम्रोले म्यानचेस्टर युनाइटेडसँग ६–२ ले पराजित भएको थियो ।
 
रोमा जस्तो गर्विलो क्लबका लागि यो ठूलो धक्का थियो । केही खराब नतिजा र चोटग्रस्त खेलाडीका कारण एक समय तेस्रो स्थानमा रहेको रोमाले राम्रो केही गर्न सकेन् । त्यसमाथि कोपा इटालियामा स्पेजिया जस्तो टिमविरुद्ध पनि पराजित रहनुपर्‍यो ।

त्यसैले क्लबमा केही न केही परिवर्तन आवश्यक थियो । तर कसैले सोचेका थिएनन् रोमामा मोउरिन्हो आउँछन् भनेर । जतिबेला यसबारे घोषणा भयो, इटालीको टेलिभिजनहरूले विशेष कार्यक्रम प्रस्तुत गरिरहेका थिए, एकपछि अर्को ।
 
क्लबका समर्थक पनि उत्साही छन् र तिनले बिर्सने प्रयास गरेका छन्, टिमको पछिल्लो खराब प्रदर्शन । इटालीमा पनि इंग्लिस फुटबल उत्तिकै लोकप्रिय छ । सबैलाई थाहा छ, टोटेनहममा मोउरिन्होको कमजोर प्रदर्शन ।

हुन त अब उनी पहिलेका जस्ता प्रशिक्षक रहेनन् । एक दशकअगाडि उनको जुन जादुयी प्रदर्शन थियो, अब रहेन । यस्तोमा पत्रकारदेखि समर्थक सबैले यो प्रश्न पनि गरिरहेका छन्, अब रोमा र मोउरिन्होको साझेदारी कस्तो हुनेछ त ? पक्कै पनि मोउरिन्होलाई फेरि एकपल्ट आफूलाई प्रमाणित गर्नुपर्नेछ । उनको प्राय: मनग्य खर्चने, ठूल्ठूला अनुबन्ध गर्ने, लगातार ध्यान खिच्ने अनि तुरुन्तै उपाधि जित्ने बानी छन्, तर यी सबै रोमामा हुने छैन ।

रोम फुटबलका लागि निकै गज्जब सहर हो, चुनौती पनि उत्तिकै रहेको छ । यो सहरमा फुटबलबारे चौबीसै घण्टा, सातै दिन चर्चा भइरहन्छ । समर्थक पनि उत्तिकै सानदार छन् । फेरि यस्ता समर्थकलाई सफलता पनि त चाहिन्छ, उपाधिका रूपमा ।
 
पिन्टुले भनेका छन्, मोउरिन्हो रोमाका लागि उपयुक्त र ठीक प्रशिक्षक हुन् । अब मोउरिन्होले के कस्तो काम गर्ने हुन् त ? यो हेर्नलायक हुनेछ । निश्चित छ, यसपल्ट उनले सामना गर्ने चुनौती निकै फरक छ, यो फरक यात्रा हुनेछ ।
 
–बीबीसीबाट अनुवादित
 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई भुटानको चुनौती
नेपाललाई भुटानको चुनौती
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई भुटानको चुनौती
नेपाललाई भुटानको चुनौती
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP