एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर आच्रफ हाकिमी कोरोना भाईरसबाट संक्रमित भएका छन् ।
प्रि-सिजनको तयारी अन्तर्गत चाम्ब्ली एफसीसँगको मैत्रीपूर्ण खेल अघि परिक्षण गर्दा हाकिमीलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएपछि हाकिमी सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
हाकिमीलाई दोस्रो पटक कोरोनाको संक्रमण देखिएको हो । गत वर्ष पनि हाकिमी कोरोनाबाट संक्रमित भएका थिए ।
हाकिमी हालै पीएसजीमा अनुबन्धित भएका हुन् । पीएसजीले इटालियन क्लब इन्टर मिलानबाट हाकिमीलाई अनुबन्ध गरेको हो ।
मोरक्कोका हाकिमीले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका थिए ।
२२ वर्षीय हाकिमी इन्टरमा एक सिजन बसेर पीएसजी आएका हुन् ।
उनी २०२० मा रियल मड्रिडबाट इन्टरमा अनुबन्धित भएका थिए ।
हाकिमीले गत सिजन सिरी 'ए' मा ३७ खेल खेल्दै ७ गोल र ८ असिस्ट गरेका थिए ।
गत सिजन इन्टरले सिरी 'ए' को उपाधि जितेको थियो ।