एजेन्सी । प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ।
शनिबार राति भएको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो।
एमएस टेक्नोलोजी एरिनामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो।
खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
तर, २० औं मिनेटमा जान थिलमानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

२७ औं मिनेटमा मार्क उथले गोल गर्दै कोल्नलाई २-१ को अग्रता दिलाए ।
खेलको ३५ औं मिनेटमा जोशुवा जिर्कजीले गोल गर्दै बायर्नलाई २-२ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ५६ औं मिनेटमा मार्कले व्यक्तिगत दोस्रो गोल गर्दै कोल्नलाई ३-२ को जित दिलाए।
