एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका फरवार्ड राउल जेमिनेज चोटबाट मुक्त हुँदै मैदान फर्किएका छन् ।
टाउकोमा लागेको चोटको कारण जेमिनेज लामो समय मैदान बाहिर रहेका थिए ।
तर, प्रि-सिजन तयारी अन्तर्गत आज हुने क्रु अलेक्जान्ड्राविरुद्धको मैत्रीपूर्ण खेलबाट जेमिनेज मैदान फर्किने भएका हुन् ।
लिग वान क्लबविरुद्ध खेल्ने उल्भ्सको टिममा जेमिनेज सुरुवाती-११ मा परेका छन् ।
जेमिनेज २ सय ३० दिनपछि मैदान फर्किएका हुन् ।
गत सिजन आर्सनलविरुद्धको खेलमा जेमिनेजले टाउकोको चोट बोकेका थिए ।
कर्नर बलमा हेड गर्ने क्रममा आर्सनलका डेभिड लुइजसँग जुध्न पुग्दा उनको टाउकोमा चोट लागेको थियो ।
त्यसपछि जेमिनेजको टाउकोको खप्परको शल्यक्रिया गरिएको थियो ।

