एजेन्सी । इटालियन क्लब एसी मिलानले फ्रान्सेली स्ट्राइकर ओलिभर जिरौडलाई अनुबन्धित गरेको छ ।
मिलानले शनिबार स्ट्राइकर जिरौडलाई क्लबमा अनुबन्धित गरिएको जनाएको छ ।
सिरी 'ए' क्लब मिलानले इंग्लिस क्लब चेल्सीबाट उनलाई २ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
जिरौडले मिलानसँग दुई वर्षको सम्झौता गरेका छन् ।

३४ वर्षीय स्ट्राइकरले गत सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । चेल्सीका लागि उनले युरोपा लिग र एफए कप समेत जितेका छन् ।
जिरौड सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए । चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् ।
जिरौड फ्रान्सको विश्वकप विजेता टोलीका सदस्य समेत हुन् । फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टिममा रहेका थिए ।
फ्रान्सका लागि जिरौडले १ सय १० खेलमा ४६ गोल गरेका छन् ।
