एजेन्सी । इंग्लिस क्लब ब्राइटनले नेदरल्यान्ड्सका युवा गोलकिपर चेल शेर्फेनलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लब ब्राइटनले डच क्लब आयाक्सबाट गोलकिपर शेर्फेनलाई अनुबन्ध गरेको हो ।
२१ वर्षीय गोलकिपरले ब्राइटनसँग चार वर्षको सम्झौता गरेका छन् ।
नेदरल्यान्ड्सको यू-२१ टोलीका गोलकिपर शेर्फेनले आयाक्सको सिनियर टिमबाट ४ खेल खेलेका थिए ।
६ फिट ८ इन्च उचाई भएका गोलकिपर शेर्फेन इमेनबाट २०१९ मा आयाक्स आएका थिए ।
उनले आयाक्सको लागि लिगसहित तीन उपाधि जितेका थिए ।
