एजेन्सी । भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
घरेलु टिमसँगको सिरिजका लागि इंग्ल्यान्डमा रहेका पन्तलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना देखिएपछि पन्त आठ दिनबाट सेल्फ आईसोलेसनमा रहेको बताईएको छ ।
पन्त युरोकपको फाइनल हेर्न वेम्बली रंगशाला पुगेका थिए ।
इंग्ल्यान्डसँगको अभ्यास खेल अघि उनलाई कोरोना देखिएको हो ।
कोरोना देखिएपछि उनले इंग्ल्यान्डसँगको अभ्यास खेल गुमाउने भएका छन् ।
इंग्ल्यान्ड र भारतबीचको अभ्यास खेल जुलाई २० बाट सुरु हुनेछ ।
भारतले इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।
दुई टिमबीचको पहिलो टेस्ट अगस्ट ४ मा सुरु हुनेछ ।
