एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गर्न इटालियन गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रान्सको पेरिस आईपुगेका छन् ।
२२ वर्षीय गोलकिपर डोनारुम्मा बुधबार पेरिस आईपुगेका हुन् । डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।
डोनारुम्मा फ्री ट्रान्सफरमा पीएसजीमा अनुबन्धित हुन लागेका हुन् । उनले गत जुन ३० बाट एसी मिलानसँगको सम्झौता अन्त्य गरेका थिए ।
डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका डोनारुम्मा प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् ।
डोनारुम्मा युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर हुन् ।
डोनारुम्माले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका थिए । उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए ।