हालाण्ड डर्टमण्डको प्रशिक्षणमा फर्किए
बुधबार, ३० असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर अर्लिङ हालाण्ड क्लबको प्रशिक्षणमा फर्किएका छन् ।
सिजनको अन्त्यपछि बिदामा रहेका हालाण्ड बिहीबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।
डर्टमण्डले सामाजिक संजालबाट हालाण्ड प्रशिक्षणमा फर्किएको जनाएको छ ।
क्लब छाड्ने चर्चा चलिरहेको बेला हालाण्ड प्रि-सिजनको तयारीमा फर्किएका हुन् ।
नर्वेका २० वर्षीय स्ट्राइकर पछिल्लो समय चेल्सीसँग जोडिएका छन् ।
उनलाई अनुबन्धको लागि चेल्सीले प्रस्ताव गरेको बताईएको छ ।
गत सिजन उनले २८ खेलमा २७ गोल गरेका थिए ।











-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)
