एजेन्सी । लिभरपुलका पूर्व स्ट्राइकर ड्यानियल स्टरेज एक वर्षपछि फुटबल मैदान फर्किएका छन् ।
स्पेनिस क्लब रियल मायोर्काको टिमसँग प्रशिक्षण गर्दै स्टरेज फुटबल मैदान फर्किएका हुन् । मायोर्का यसै सिजन ला लिगामा बढुवा भएको टिम हो ।
मायोर्काले स्ट्राइकर टिमको प्रशिक्षणमा रहेको पुष्टि गरेको छ । उनी मायोर्कामा ट्रायलको लागि गएको बताईएको छ ।
इंग्ल्यान्डका पूर्व स्ट्राइकर स्टरेजले २०२० को फेब्रुवरीबाट खेलेका छैनन् ।
टर्किस क्लब रब्जोनस्परले रिलिज गरेपछि उनी क्लब विहीन रहेका थिए ।
टर्किस क्लबबाट रिलिज पाएलगत्तै स्टरेजमाथि ४ महिनाको प्रतिबन्ध लागेको थियो ।
बेटिङ नियम तोडेको भन्दै स्टरेजलाई फुटबलमा प्रतिबन्ध गरिएको थियो ।
३१ वर्षीय फरवार्डले २०१९ मा लिभरपुल छाडेका थिए । लिभरपुलमा करिब ६ वर्ष उनले क्लब छाडेका हुन् । उनले लिभरपुलका लागि १ सय ६० खेलमा ६७ गोल गरेका छन् ।
स्टरेजले लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।
