एजेन्सी । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच 'म्यारोडोना सुपर कप' नामक मैत्रीपूर्ण खेल हुने भएको छ ।
अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा इटाली र अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।
मैत्रीपूर्ण खेलबारे औपचारिक घोषणा भने भएको छैन । तर, मैत्रीपूर्ण खेलका लागि यूईएफए र कोन्मेबोलबीच छलफल भईरहेको अर्जेन्टिनाका संचार माध्यमहरुले जनाएका छन् ।
दुई टिमबीचको खेल इटाली र अर्जेन्टिनामध्ये एक स्थानमा हुने बताईएको छ ।

इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।
ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको थियो ।
