एजेन्सी । इटालियन क्लब रोमाले पोर्चुगिज गोलकिपर रुइ प्याट्रिसियोलाई अनुबन्धित गरेको छ ।
रोमाले इंग्लिस क्लब उल्भ्सबाट प्याट्रिसियोलाई क्लबमा अनुबन्धित गरेको हो ।
प्याट्रिसियो अनुबन्धको रकम भने खुलाईएको छैन ।
जोसे मोरिन्हो मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिलो हस्ताक्षरको रुपमा प्याट्रिसियो अनुबन्ध गरेको हो ।
३३ वर्षीय प्याट्रिसियो दुई सिजन उल्भ्समा बसेर इटाली आएका हुन् ।
प्याट्रिसियोले उल्भ्सका लागि १ सय ३५ खेल खेलेका थिए ।
पोर्चुगलका लागि उनले ९७ खेल खेलेका छन् ।
युरो २०२० मा उनले ४ खेल खेलेका थिए ।
