एजेन्सी । कोपा अमेरिका फुटबलको 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक भएको छ ।
आयोजक कोपा अमेरिकाले मंगलबार 'टिम अफ टुर्नामेन्ट सार्वजनिक' गरेको हो ।
टिममा लियोनल मेस्सी, नेयमार, कासिमिरो लगायतका खेलाडी परेका छन् ।
टिममा च्याम्पियन अर्जेन्टिनाका सर्वाधिक ४ र उपविजेता ब्राजिलका ३ खेलाडी अटाएका छन् ।
टिममा को को परे ?
गोलकिपर - इमिलियानो मार्टिनेज
डिफेन्डर - मार्क्विन्होस, इस्ला, रोमेरो, इस्टुपिनान
मिडफिल्डर - कासिमिरो, योटुन, डी पाउल
फरवार्ड - डियाज, नेयमार, मेस्सी
