एजेन्सी । चेल्सीका फरवार्ड ओलिभर जिरौड एसी मिलानसंग अनुबन्धको नजिक पुगेका छन् ।
३४ वर्षिय फ्रान्सेली फरवार्डले क्लबसंग दुई वर्षको सम्झौता गर्ने तयारी गरेका छन् । सिरि ए क्लबसंग जिरौडको सम्झौता यस हप्ताको अन्तिममा सम्पन्न हुने बताईएको छ ।
सन् २०१८ मा जिराउड १८ मिलियन पाउण्डमा आर्सनलबाट चेल्सी आएका थिए । उनले गत महिना चेल्सीसंग सम्झौता नविकरण गर्दै सन् २०२२ सम्म बस्न राजी भएका थिए ।
चेल्सीका लागि उनले पछिल्लो सिजन ३१ खेलमा ११ गोल गरेका थिए ।
चेल्सीले जर्मन फरवार्डद्धय काइ हभार्ट्ज र टिमो वार्नरलाई अनुबन्ध गरेपछि जिरौडले गत सिजन चेल्सीबाट मात्र ८ प्रिमियर लिग खेलमा सुरुवात गरेका थिए ।
उनले चेल्सीकालागि १ सय १९ खेलमा ३९ गोल गरेका छन् । उनले लण्डन क्लब चेल्सीबाट च्याम्पियन्स लिग सहित युरोपा लिग र एफ ए कप जितेका छन् ।
विश्वकप विजेता जिरौडले आर्सनलबाट तीन एफ ए कप जितेका थिए । युरो २०२० मा अन्तिम १६ को खेलमा स्विटजरल्याण्डसंग फ्रान्स पराजित हुँदा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।