एजेन्सी । इंग्लिस क्लब क्रिस्टल प्यालेसले गोलकिपर रेमी म्याथ्युजलाई अनुबन्धित गरेको छ ।
क्रिस्टलले च्याम्पियनसिप क्लब सन्डरल्याण्डबाट म्याथ्युजलाई अनुबन्ध गरेको हो ।
२७ वर्षीय गोलकिपरले क्रिस्टलसँग दुई वर्षको सम्झौता गरेका छन् ।
गत सिजन म्याथ्युजले लिग वानमा ६ खेल खेलेका थिए ।
नर्विचबाट व्यवसायिक फुटबलको सुरुवात गरेका म्याथ्युज २०२० मा सन्डरल्याण्ड आएका थिए ।
सन्डरल्याण्डमा एक सिजन बसेर उनी प्रिमियर लिग आएका हुन् ।
