एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक भएको छ ।
यूईएफएले मंगलबार 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक गरेको हो ।
तर, टिम अफ द टुर्नामेन्टमा गोल्डेन बुट विजेता क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डो ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।
टिम अफ द टुर्नामेन्टमा तीन फरवार्ड रहदा रोनाल्डो नपरेका हुन् ।
टिममा सर्वाधिक धेरै इटालीका पाँच खेलाडी परेका छन् ।
इटालीले फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर उपाधि जितेको थियो ।
टिम अफ द टुर्नामेन्ट -
गोलकिपर - जियानलुइजी डोनारुम्मा
डिफेन्डर - केली वाल्कर, लियोनार्दो बुनिची, ह्यारी मग्वाएर, लियोनार्दो स्पिनाजोला
मिडफिल्डर - पिएरे इमिल होजवर्ग, जोर्गिन्हो, पेड्री
फरवार्ड - फेडेरिको किएजा, रोमेलु लुकाकु, रहिम स्ट्रर्लिङ