एजेन्सी । इटालियन क्लब इन्टर मिलानले नयाँ सिजनको लागि होम जर्सी सार्वजनिक गरेको छ ।
सिरी 'ए' क्लब इन्टरले मंगलबार सन् २०२१/२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
सिरी ए च्याम्पियन इन्टरले नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक बनाईएको छ ।
इन्टरले ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई केहि फरक बनाईएको हो ।
इन्टरको नयाँ जर्सी नाइकी कम्पनिले बनाएको हो ।
इन्टरले जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

