एजेन्सी । इंग्लिस क्लब नर्विच सिटीले अट्याकिङ मिडफिल्डर पीएरे लिस मेलोउलाई अनुबन्धित गरेको छ ।
नर्विचले फ्रेन्च क्लब निसबाट मिडफिल्डर पीएरेलाई अनुबन्धित गरेको हो ।
नर्विचले अनुबन्ध रकम भने खुलाएको छैन ।
फ्रेन्च मिडफिल्डरले नर्विचसँग तीन वर्षको सम्झौता गरेका छन् ।
२८ वर्षीय मिडफिल्डरले फ्रेन्च क्लबका लागि १ सय ५१ खेलमा २३ गोल र १८ असिस्ट गरेका छन् ।
गत सिजन फ्रेन्च लिग वानमा उनले २९ खेलमा ४ गोल गरेका थिए ।
