एजेन्सी । सिरि ए क्लब युभेन्ट्सले चेल्सीका स्टार जोर्गिन्हाेमा नजर लगाएको छ ।
इटालियन क्लबले चेल्सीका मिडफिल्डरको उपलब्धताको विषयमा सोध–खोज गरेको छ ।
जोर्गिन्हाेका एजेन्ट जोआओ सान्तोषले यसको पुष्टि गर्दै इटालियन क्लब सहित युरोपका ठुला क्लब जोर्गिन्हाेलाई अनुबन्ध गर्न चाहेकाे बताएका छन् ।
२९ वर्षिय खेलाडीको विषयमा सोधिएको प्रश्नमा सान्तोसले भने, ‘म यसको पक्का गर्छु । केही प्रस्तावहरु आएका छन् ।’
‘२९ वर्षको उमेरमा उनले युरोपका सबै ठुला क्लबमा राम्रो खेल्न सक्छन् । केही ठुला क्लब उनीमाथि इच्छा राखेका छन् ।’ उनले भने ।

जोर्गिन्हाेको चेल्सीसंग अझै दुई वर्षको सम्झौता बाँकी छ । उनी क्लबको नयाँ प्रस्ताव हेर्न चाहेका छन् ।
गत सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताएका जोर्गिन्हाेले अझै क्लब विश्वकप र युरोपियन सुपर कपको सफलता दिलाउन सक्छन् ।
जोर्गिन्हो सम्मिलित इटालीले हालै इङ्ल्याण्डलाई हराउँदै युरोकपको उपाधि उचालेको छ ।
उनको क्लबसंग अझै दुई वर्षको सम्झौता बाँकी छ । धेरै कुरा क्लबको हातमा छ ।’ उनले भने ।
‘फुटबलरका लागि एक महत्वपुर्ण लक्ष्य हुन्छ । तर सरुवा बजार सधै सरुवा बजारनै रहन्छ । यदी कुनै ठुलो क्लब गम्भिर रुपमा चेल्सीसंग आएको खण्डमा हामी मुल्याङ्कन गर्नेछौं ।’ उनले थपे ‘तर अहिलेको अवस्थामा जोर्गिन्हाेले अर्को सिजन चेल्सीमै खेल्नेछन् ।’