एजेन्सी । इटालियन सिरी 'ए' क्लब इन्टर मिलानका मिडफिल्डर जोया मारियोले क्लब छाडेका छन् ।
इन्टरले सोमबार एक विज्ञप्ति निकाल्दै मारियोले सहमतिमा क्लब छाडेको जनाएको छ ।
पोर्चुगिज मिडफिल्डर मारियो स्पोर्टिङ सिपिबाट २०१६ मा इन्टर आएका थिए ।
तर, उनी पछिल्लो समय लोनमा अन्य क्लबबाट खेल्दै आइरहेका थिए ।
गत सिजन उनले लोनमा स्पोर्टिङबाट खेलेका थिए ।
इन्टरसँगको सम्झौता अन्त्यसँगै उनी अब फ्री ट्रान्सफरमा अन्य क्लब जान सक्ने छन् ।
मारियो पोर्चुगिज क्लब बेन्फिका जाने बताईएको छ ।
मारियोले पोर्चुगलका लागि ४५ खेलमा २ गोल गरेका छन् ।