एजेन्सी । इटालीको रोममा युरोकपको खुसीयाली मनाउने क्रममा एक जनाको मृत्यु भएको छ । कयौं घाईत भएका छन् ।
आईतबार इङ्ल्याण्डलाई पराजित गर्दै इटालीले सन् २०२० को युरोकपको उपाधि उचालेको थियो ।
प्रहरीका अनुसार सिसिली क्याल्लटागिरोनमा एक कार दुर्घटनामा २२ वर्षिया एक जनाको मृत्यु भएको छ । उनी विजय उत्सवमा सहभागी हुन टाउन सेन्टर गईरहेका थिए ।
इटालीको वित्तिय राजधानी मिलानमा १५ मानिस घाईते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भिर छ । एक जनाको अतिशबाजीको क्रममा तीन औला गुमेको छ ।
इटालीले लण्डनमा सन् १९६८ पछि पहिलो पटक युरोकपको उपाधि उचालेको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३–२ ले हराउँदै इटाली च्याम्पियन बन्यो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो ।