एजेन्सी । इंग्लिस क्लब चेल्सीका विंगर क्रिस्टियन पुलिसिचलाई ज्यान मार्ने धम्की आएको छ ।
पुलिसिचका बुबा मार्कले एक अन्तर्वार्तामा उनलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
अमेरिकी स्टारको सामाजिक संजालमा पछिल्लो समय एक भिडियो भाइरल बनेको छ ।
त्यस भिडियो बाहिरिएसँगै पुलिसिचलाई ज्यान मार्ने धम्की रहेको हो ।
समुन्द्रमा बोटको एक छेउमा बसेर फुटबलको स्किल प्रदर्शन गर्दा पुलिसिच बल्छीको सहायताले राखिएको ठुलो माछामाथि लड्न पुगेको भिडियो भाइरल बनेको हो ।

फ्लोरिडामा छुट्टि मनाउने क्रममा खिचिएको त्यस भिडियो बाहिरिएसँगै उनी आलोचनाको शिकार समेत बनेका छन् ।
पशु अधिकारकर्मीहरुले उनको विरोध गरेका छन् । त्यहिँ क्रममा उनलाई मार्ने धम्की आएको हो ।
'क्रिस्टियन पशुप्रेमी हो । उनीसँग घोडाहरू छन्, उनी जनावरलाई चोट लागेको देख्न चाहँदैनन् । दुर्भाग्यवश, उनलाई यसबारे ज्यान मार्ने धम्की आइसकेको छ,; उनको बुबा मार्कले भनेका छन् ।