एजेन्सी । लियोनल मेस्सीले अर्जेन्टिनाका लागि कोपा अमेरिकाको उपाधि जितेपछि राहतको महशुश गरेका छन् । आईतबार रियो दी जेनेरियोमा घरेलु टोली ब्राजिललाई १–० ले हराउँदै मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्ताष्ट्रिय उपाधि जितेका थिए ।
३४ वर्षका मेस्सी पछिल्ला तीन संस्करणको कोपाको फाईनलमा पराजित भएका थिए भने विश्वकपको फाईनलमा समेत निराश भएका थिए । अर्जेन्टिनाबाट खासै ठुलो केही जित्न नसकेपछि मेस्सीको आलोचना हुने गरेको थियो । देशका लागि केही नजितेको भन्दै मेस्सी सर्वकालिन महान खेलाडी हुन नसक्ने धेरैको दाबी थियो ।
पाँचौ पटकको फाईनलमा मेस्सीले अर्जेन्टिनाका लागि ठुलो उपाधि जितेका छन् । एन्जल डी मारियाको गोलमा माराकानामा अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरीलाई तोडेको छ ।
‘म धेरै समय नजिक रहे ।’ खेलपछि मेस्सीले भने, ‘मलाई थाहा थियो, यो अन्तिमसम्म हुनेछ । यस क्षणका लागि म भगवानप्रति आभारी छु । मलाई लाग्छ, उनले मलाई यही पल राखिदिएका थिए ।’
‘मलाई अझैपनि लागेको छैन, च्याम्पियन बन्नु बाहेक हामीले के गर्यौ । तर हामी बास्तवमै खुसी छौं । खुसी मनाईरहेका छौं । ब्राजिललाई हराएर हामीले एउटा ईतिहास कायम गरेका छौं ।’ उनले थपे ।

कोपाको पछिल्लो ५ भेटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो । फाईनल सहित पछिल्ला ५ भेटमा ब्राजिलले अर्जेन्टिनामाथि जित निकालेको ईतिहास छ ।
‘म पागल भएको महशुश गरिरहेको छु । म यो बताउन सक्दिन, म कति खुसी महशुश गरिरहेको छु । म धेरै पटक दुखी भएको छु । तर मलाई थाहा थियो, यस्तो हुनेछ । अर्को कुनै राम्रो क्षण हुने छैन । यो टिम यसको हकदार थियो ।’ मेस्सीले भने ।
मेस्सी प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । उनले कोलम्बियाका लुईस डियाजसंग गोल्डेन बुटको अवार्ड बाँडे । दुवै खेलाडीले चार गोल गरेका थिए । मेस्सीले ५ गोलको अवसर सिर्जना गरेका थिए ।
खेल सकिने बित्तिकै सबै खेलाडी मेस्सी नजिक पुुगे । उनलाई हावामा उडाए । फाईनलसम्म पुर्याउन मेस्सीको योगदानलाई धन्यवाद दिए ।

गत जुलाई ३० मा बार्सिलोनासंग सम्झौता सकिएसंगै मेस्सी फ्रि–एजेन्ट बनेका छन् । उनले ब्राजिली स्टार नेयमार र अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीसंग समय बिताएका थिए ।
‘यो स्कालोनीको योग्यताका कारण भएको हो । उनले जे गरे, जे चिज बनाए ।’ मेस्सीले भने, ‘तीन वर्ष अघि यसको सुरुवात भएको थियो । यो लगातार विकास भईरहेको छ । उनी एक शानदार समूह र एक विजेता समूह बनाउन चाहन्थे । उनी सम्मानका लायक छन् । अर्जेन्टिना दक्षिण अमेरिकाको च्याम्पियन थियो । र हामीले उनको अधिनमा पुन जितेका छौं ।’
मेस्सीले बार्सिलोनाबाट क्लब फुटबलका सबै सफलता हात पारेका छन् । उनले विश्व वर्षका उत्कृष्ट खेलाडीको अवार्ड ६ पटक जितेका छन् । अर्जेन्टिनाका जितसंगै उनी पुर्ण खेलाडी बनेका छन् ।
उनले यू–२० विश्वकप र ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । उनी सन् २०१६ को कोपा अमेरिकाको फाईनलदेखि २०१४ मा विश्वकपको फाईनलसम्म पुगेका थिए । तर ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनाको टिम जर्मनीसंग पराजित बनेको थियो ।