एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा अहिले इंग्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा भईरहेको छ ।
वेम्बली स्टेडियमा जारी इंग्ल्यान्ड र इटालीबीचको खेल अतिरिक्त समयमा गएको छ ।
खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने इंग्ल्यान्डले बनाएको थियो ।

खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे ।
तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन् ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।
इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो ।
एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।
