एजेन्सी । डेनमार्कका फरवार्ड मार्टिन ब्रेथवेट बार्सिलोनाका दोस्रो धनी खेलाडी बनेका छन् ।
ब्रेथवेट लियोनल मेस्सीपछि बार्सिलोनाका सर्वाधिक धनी खेलाडी बनेका हुन् ।
रियल इस्टेट व्यवसायको कारण उनी धनी खेलाडी भएका हुन् ।
उनले २०१७ बाट रियल इस्टेट व्यवसाय सुरु गरेका थिए ।
उनको व्यवसायको मार्केट भ्यालु २५० मिलियन युरो रहेको छ ।
ब्रेथवेट र उनको श्रीमतीको स्वामित्वमा रहेको 'ट्रेन्टे' नामक कपडा व्यवसाय रहेको छ । जुन फ्रान्समा चर्चित रहेको छ ।
यस्तै उनको बार्सिलोनामा एक रेस्टुरेन्ट समेत रहेको छ ।
ब्रेथवेट गत सिजन बार्सिलोनामा अनुबन्धित भएका थिए ।
ब्रेथवेट युरोकप खेल्ने बार्सिलोनाको टिममा समेत रहेका थिए ।
उनले ६ खेलमा १ गोल गरेका थिए ।