एजेन्सी । ईटालीका लियोनार्दो बोनुचीले युरो कपको फाईनल ईङ्ल्याण्डको घरेलु मैदानमा खेल्दा कुनै डर नहुने बताएका छन् ।
आईतबार राति ईङ्ल्याण्डको घरेलु मैदान वेम्बली रंगशालामा ईटालीले युरोकपको फाईनल खेल्दैछ ।
स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ईटालीले वेम्बली रंगशालाको यात्रा तय गरेको थियो ।
‘त्यहाँ धेरै ईङ्लिस टिमका समर्थक रहन्छन् । तर यसले हामीलाई अतिरिक्त प्रेरणा दिनेछ ।’ बोनुचीले भनेका छन् ।
करिब हजार ईटालियन समर्थकलाई वेम्बली रंगशालामा प्रत्यक्ष खेल हेर्न अनुमती प्रदान गरिएको छ ।
३४ वर्षको बोनुचीले ३६ वर्षका सेन्टर ब्याक जर्जियो चिलिनीसंग सहकार्य गर्दै ईङ्ल्याण्डको औसत २५ वर्षको टिमलाई रोक्ने जिम्मेवारी छ ।

बोनुचीले ठट्ट गर्दै फाईनल खेललाई युवाविरुद्ध बुढो मान्छेको भिडन्तको रुपमा ब्याख्या गरे ।
ईङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटल १९ वर्षिया बुकायो साकादेखि २१ वर्षका जाडोन साञ्चोलाई ईटालीविरुद्ध आक्रमणमा उतार्न सक्नेछन् ।
‘उनीहरुसंग निकै आक्रमक खेलाडी छन् । हामीले उनीहरुलाई ध्यान दिन आवश्यक छ । र उनीहरुको सम्पुर्ण टिमलाई नजर लगाउन आवश्यक छ ।’ उनले भने ।
‘उनीहरुले हामीलाई पार्न सक्ने अफ्ठयाराका विषयमा जानकार छौं । हामी उनीहरुको गतिबारे कुनै जानकार छौं ।’ उनले थपे ।

ईङ्ल्याण्ड ५५ वर्षपछि ठुलो प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । उसले बुधबार अतिरिक्त समयमा डेनमार्कलाई हराउँदै फाईनल यात्रा तय गरेको थियो ।
‘ईङ्ल्याण्डसंग गज्जबको डिफेन्स छ । मैले छनोट चरणमै यसबारे भनिसकेको छु ।’ उनले भने ।
‘उनीहरुसंग उत्कृष्ट मिडफिल्डर, त्यसभन्दा पछि ह्यारी मागुईरी र जोन स्टोन जस्ता डिफेन्डर छन् । जसले म्यान्चेष्टर युनाईटेड र म्यान्चेष्टर सिटीमा उत्कृष्ट सिजन बिताएका छन् ।’ उनले थपे, ‘हामीले उनीहरुलाई कडा नजर लगाउन आवश्यक छ । र आक्रमणमा गोल गर्नका लागि धेरै चलाखी अपनाउन आवश्यक छ ।’
चार पटकका विश्व विजेता ईटाली सन् १९६८ पछि पहिलो युरोकपको उपाधि जित्ने अभियानमा छ । ईटाली सन् २००० र २०१२ को फाईनल खेलमा पराजित भएको थियो ।