एजेन्सी । इंग्लिस क्लब वाटफोर्डले नर्वेका फरवार्ड जोसुवा किङलाई अनुबन्धित गरेको छ ।
प्रिमियर लिग क्लब वाटफोर्डले शुक्रबार फरवार्ड किङलाई अनुबन्ध गरिएको जनाएको छ ।
२९ वर्षीय किङले वाटफोर्डसँग दुई वर्षको सम्झौता गरेका छन् ।
वाटफोर्डले उनलाई सम्झौता नवीकरणको विकल्प समेत दिएको छ ।
गत सिजन किङले एभर्टनबाट खेलेका थिए । उनले ११ प्रिमियर लिग खेल खेलेका थिए । त्यसअघि उनले बर्नेमाउथ र ब्लाकबर्न रोभर्सबाट खेलेका थिए ।
नर्वेका लागि उनले ५४ खेलमा १७ गोल गरिसकेका छन् ।
